अलविदा इरफान
भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा २९ अप्रिल २०२० बिहान ५३ वर्षको उमेरमा मृत्यु भएको छ । गतवर्ष लन्डनमा उपचार गराएर फर्के पछि इरफान मुम्बाईको कोकिलाबेन अस्पतालकै डाक्टरहरुको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराईरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार (२८ अप्रिल २०२०) कोकिलाबेन अस्पतालमा भर्ना भएका थिए । उनलाई सन् २०१८ मार्च देखि न्यूरोएन्डोक्राइन ट्युमर देखा परेको आफैले ट्वीट मार्फत बताएका थिए ।
![]() |
Irfan mother Saida. |
उनको जन्म ७ जनवरी १९६७ मा भारतको राजस्थान राज्यको जैपुरमा भएको थियो । उनले हिन्दी, ब्रिटिस र अमेरिकन फिल्महरुमा आफ्नो जिवन्त अभिनय दिएका थिए । उनले १९८८ मा सलाम बोम्बे मा साहयक भुमिकाको रुपमा अभिनय यात्रा शुरु गरेका थिए । उनले चलचित्र हासिल मा पहिलो पटक मुख्य भुमिका निर्वाह गरेका थिए । उनले अभिनयको शुरुवातकै कालखण्डमा ब्रिटिस चलचित्र द वारियर मा अभिनय गर्ने मौका पाएका थिए ।
द अमेजिङ स्पाइडर म्यान, आइफ अफ पाई, जुरासिक वाल्र्ड, न्युयोर्क, स्लमडग मिलिनियर जस्ता हलिउड चलचित्रहरुमा उनले आफ्नो कलाको जादु देखाईसकेका थिए । उनले आफ्नो कालखण्डमा धेरै चलचित्रमा धेरै प्रकारका भुमिकाहरुमा आफ्नो कुशलता देखाईसकेका छन् । उनको त्यही कुशल अभिनयको सम्मान स्वरुप उनलाई धेरै ठुला ठुला अवार्डहरुले समेत सम्मान गरिएका थिए । उनलाई भारतकै चौथो ठुलो सम्मान पद्यमश्री पदक बाट पनि सम्मान गरिएको थियो । पद्यमश्री बाहेक पनि नेशनल फिल्म अवार्ड, एसियल फिल्म अवार्ड, फिल्मफेयर अवार्ड जस्ता धेरै आवर्डहरु हात पारिसकेका एक कुशल अभिनेता थिए ।
इरफानको यो दुःखद मृत्युलाई लिएर नेपाली केही कलाकार र सञ्चारकर्मीहरुले यस्तो स्टाटस लेखि श्रद्धाञ्जली अर्पण गरे :
1.
एउटा थेसपियन एकटरको महाप्रस्थान । तिम्रा मन छुने ‘स्पोनटेनियस’ अभिनयको जादु हाम्रो मनमा सदैव रहनेछ । तिमी मेरा लागि एक सिनियर मात्र होईनौ (नेशनल स्कुल अफ ड्रामामा) मैले विश्वास गर्ने अभिनय पद्धतिको पायोनियर पनि हौ । अलविदा माई डियर एक्टर ।
-निर्देशक तथा अभिनेता : अनुप बराल
अलविदा....प्रिय अभिनेता
-कलाकार दयाहाङ
3.
इरफान खान अभिनयको दुनियामा सधै बाचिरहने छन् ।
-कलाकार हरिवंश आचार्य
4.
एकजना सरल मान्छे खाँटी अभिनेता कलाकारको निधनले स्तब्ध बनायो । रिप इरफान खान
-गायक पुस्पन प्रधान
5.
कम्प्लिटली सक्ड टु हेयर अफ द डेमिस अफ वान अफ द इक्स्ट्राअडिनरी एण्ड एक्सेप्सन आर्टिस अफ दिस जेनेरेशन मिसटर इरफान खान मे हिज सोल रेष्ट इन पिस
-पत्रकार रवि लामिछाने
6.
हरे कस्तो नराम्रो लाग्यो ल जीवन्त अभिनयका पर्यायवाची ईरफान खानको निधनको खबरले स्तब्ध यो संसारकै कलाकालितामा अपुरनिय क्षति जस्तो लाग्यो । कलाकार जहाँ पुगेपनि उनको कला अमर रहन्छ । हार्दिक श्रद्धान्जली इरफान अलविदा ।
-संचारकर्मी सविना कार्की
इरफानको अल्पायुमै भएको यो दुःखद निधनले यति बेला सबैको मन भारी भएको छ । अब हामी माझ इरफानका ति जिवन्त अभिनयहरु बाहेक अरु केही रहेन । उनी जहाँ रहे पनि उनको कलाकारिताले हामी माझ सधैं अमर रहनेछ । इरफानलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
irrfan khan dies. Irfan khan short biography.
No comments