रत्नशमशेर थापाको निधन
१५ जेठ, काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।
बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।
थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘घुम्तीमा नआउ है’, ‘पंक्षीमा राम्रो डाँफे’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’ लगायतका गीत चर्चित छन् ।
No comments