एसियन कपको छनोटमा नेपालको कमजोर उपस्थिति

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताएका छन् ।

एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि  गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘प्रिय नेपाली समर्थकहरु, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,’ उनले लेखेका छन्, ‘हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरु । अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक छ ।’

यस्तै अल्मुताईरीले एसियन कप छनोटमा खराब प्रदर्शनको दोष आफूलाई जाने भन्दै खेलाडीलाई दोष नदिन आग्रह गरेका छन् । ‘म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्,’ अलमुताईरीले लेखेका छन् ।

अर्को वर्ष हुने एसियन कपका लागि कुवेतमा अन्तिम चरणको छनोट खेलेको नेपाल सबै तीन खेल हार्दै अंकविहिन भएर समूह ए को पूछारमा रह्यो । पहिलो खेलमै बलियो जोर्डनसँग २-० ले पराजित रहँदा पनि प्रशंसा बटुलेको नेपाली टोलीको प्रदर्शन अन्तिम खेलमा आउँदा लज्जास्पद रह्यो ।

दोश्रो खेलमा घरेलु टोली कुवेतसँग ४-१ ले हारेको नेपाल अन्तिम खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भयो ।

No comments

Powered by Blogger.