किरण चेम्जोङले राखे बिबाह प्रस्ताब
नेपाली राष्ट्रिय टोलीका पुर्ब कप्तान तथा गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन् ।
लिगको उत्कृष्ट गोलरक्षक समेत रहेका किरणले टोली उपाधि उचालेर खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रस्ताव राखेका थिए । उनले आफ्नो सामाजिक संजालमार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन् । किरण र प्रेमिका कन्चन निरौला लामो समयदेखि प्रेममा थिए । पेशाले विमान परिचारिका रहेकी कन्चनसँगै किरणकि आमा पनि माल्दिभ्स पुगेकी थिइन् ।
किरणले आफ्नो टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् ।
यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए । माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेको छ ।
मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा ह्याट्रिक गर्ने क्रममा २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा भने हार बेहोरेको छ ।
दुई खेल अगावै च्याम्पियन बनेको माजियाले लिगको अन्तिम खेलमा क्लब इगलमाथि ५–० को फराकिलो जित निकाल्न सफल भयो । माजियाको फराकिलो जितमा असादुल्ला अब्दुल्लाले दुई तथा इब्राहिम वाहिद हसन, नेइज हसन र हम्जा मोहम्मेदले समान एक गोल गरे ।

No comments