साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा



श्रीलंकामा सेप्टेम्बर ७ देखि १४ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिप फुटबलका लागि नेपालले टिमको घोषणा गरिएको छ ।

यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २४ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपालसँगै भारत र भुटान छन् । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा पहिलो खेल खेल्दै प्रतियोगिता सुरु गर्नेछ । आयोजक श्रीलंकासँगै माल्दिभ्स र बंगलादेश समूह ‘ए’ मा छन् ।

नेपाली टोली

गोलकिपर: कृषाल मोक्तान, समीर चन्द र रुबिन बोगटी

डिफेन्डर: अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की र धिरज विश्वकर्मा

मिडफिल्डर: प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट र लच्छु थापा

फरवार्ड: निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई र सुवास बम

No comments

Powered by Blogger.