निरन्तरताको बाह्रौ शृङ्खला : सुम्निमा सान्झ -१२ मा किरण गजमेरको प्रस्तुती रहने
न्यूयोर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को बाह्रौं सस्करण सुम्निमा साँझ-१२ कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल सिजन - ३' का विजेता किरण गजमेर आउने भएको छ ।
![]() |
न्युयोर्क च्याप्टर अध्यक्ष : वाकासा बान्तावा । |
कोरोनाको कारण २ बर्स स्थगित भएको यो कार्यक्रम यस बर्स ‘क्रिसमस’ अर्थात् डिसेम्बर २५ मा हुने भएको छ । यो कार्यक्रममा न्यू योर्क निवासी नेपाली समुदायलाई नयाँपन दिन पनि युवा पुस्ताको गायक गजमेरलाई छानिएको केआरएसए न्यूयोर्क च्याप्टरकी अध्यक्ष वाकासा वान्तावले बताइन् । ‘हामीले हरेक वर्ष नेपालबाट स्थापित कलाकार बोलाएर सुम्निमा साँझ आयोजना गर्ने गरेका थियौं' ।
![]() |
सस्थाका सेन्टर कमिटी अध्यक्ष : खगेन्द्र राई |
सुम्निमा साँझ न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायमाझ अति नै लोकप्रिय कार्यक्रम हो। यो कार्यक्रम किराँती भाषा, संस्कार, संस्कृति जगेर्ना तथा प्रबद्र्धन गर्ने उदेश्यले सुरु गरिएको केआरएसएका केन्द्रिय अध्यक्ष खगेन्द्र राईले बताए। ‘सुम्निमा साँझ कोभिडको महामारी रहेको सन् २०२० र २०२१ बाहेक सन् २००९ देखि हरेक वर्ष निरन्तर गर्दै आएका छौं,’ उनले भने, ‘हामीले यो कार्यक्रम सुरु गर्दा नेपाली समुदायले दसैं तिहारमा राख्ने भेटघाट कार्यक्रमबाहेक अरु नियमित रुपमा हुने कार्यक्रम थिएन भन्दा पनि हुन्छ।’
किरात राई समुदायको महान चाड साकेला उधौलीको अबसरमा सुम्निमा साँझ आयोजना हुँदै आएको छ। यो कार्यक्रम केआरएसएको न्यू योर्क च्याप्टरले गर्दै आएको छ।
अध्यक्ष वान्तावाले कार्यक्रम ब्यावसायिक बनाउन कलाकार छनौटदेखि खानपान लगायतका विविध पक्षमा ध्यान दिएको बताइन् । ‘किरण गजमेर एउटा एल्बम निकालेको भरमा गायकको पगरि भिरेका कलाकार होइन दर्शकको मन जितेर भ्वाइस अफ नेपाल ३ का विजेता बनेको कलाकार हुनुहुन्छ,’ उनले कार्यक्रमको तयारिबारे उदाहरण दिँदैं भनिन्, ‘उहाँको प्रस्तुतिले पुराना स्थापित कलाकार हेर्दै आएका न्यू योर्कबासीलाई नयाँपनको आभास दिने हाम्रो विश्वास छ।’ उनले आफ्नो नेतृत्वमा ३१ जनाको टोलीले कार्यक्रमको हरेक भाग ‘शर्ट एण्ड स्वीट’ बनाएको पनि बताइन् । ‘कार्यक्रम समयमा सुरु हुन्छ र समयमा सकिन्छ,’ उनले भनिन्, ‘हामी सहभागीलाई कुराउने पक्षमा छैनौं।’
No comments