साँडेगोरू - जस कुमार राई
📝 जस कुमार राई
तिमी
साँडेलाई के देख्छौ कुन्नी
म चै ह्याकुलाको बोसे मासु
परपररी भुटेर, तेस्कै छालाको च्याब्रूङ बजाँउँदै
पालाम भन्दै सोल्टीनीहरूको गाला समिप पुगेर
स्वाद लिई लिई चपाई रहेको मासुको एक टुक्रो
तीनपाने कठुवाको सीतन भन्दा अरू केही देख्तिन
।
तिमी
साँडेलाई के देख्छौ कुन्नी
म तेस्को बोसे आन्द्रा
रक्ती र याङमेन संग परपरी भूटिएको भुटन ।
तेस्कै छालाको तालमा डम्फु बजाँउँदै
सेलो नाच्दै , माटोको कस्सम खाँदै
मैच्याङहरूसंग चीनो साटी रहेको बेला
एक घुट्कोछ्याङको जेनेटिक
स्वाद मात्रै देख्छू
यो शाँडे ।
तिमी
साँडेलाई के देख्छौ कुन्नी ।
म तेस्को फीलाको
फलमासुहरूको सुकुटी चट्ट
कोदोको जाँड वाबु (चीन्डो) मा अलिकता
तेस्कै छाला काडेर ढोल बजाँउँदै
उधौली उभौलीमा दरसन्तान दर
साकेला थानमा काटिएको टाउको अघी बसेर
शुभकामना बाँड्दै
साकेला नाच्दा जाँडसंगको मिठो टिमुरको छोपसंगको
एक टुक्रा स्वाद मात्रै बूझ्छू ।
याे साँडे गोरू ।
साँडेलाई
तिमी के देख्छौ कुन्नी ?
चोमाेलुङमा होस या फक्ताक्लुङको शिर पानी पँधेरी गर्दा
पाखनबेद र यार्सागुम्बासंगै उमालीएको नलिहाडको
सुरुप्प सुरूप्प पार्ने एक भाडो सुप भन्दा केही हैन साँडे ।
ल्होसारमा स्याब्रू नाच्दै, गाँउदै टुङनाको
धुनको मिठो पलमा साँचीएको
लोभलाग्दो कवाब मात्रै हो साँडे गोरू
म
गोरूलाई तरकारी देख्छू ।
स्वभावीक हो ।
टाउकोलाई चुल्हामा चढाएर संस्कार ग्रहणगर्छू ।
पाहुनाको थालीमा
कचाैराकाे एकतमास परीकार बनेको गोरू,
थुन्सेमा सजीएकाे ससुराली जादाकाे काेसेली अलिकति ,
झीरमा उनेर प्रेमी कुरी रहेकाे सेकुवा ।
चुल्हामाथी भारमा परदेसी पर्खी रहेको एक पेरुंगाे सुकुटी ।
अनि अगेनामा पीतृ यादमा
अदुवाले बिसाएको
कछ्छूरको छिनाझप्टी
सान्दार र ईमान्दार ।
साँडे गोरू केवल तरकारी मात्रै थियो । मात्र तरकारी ।
खै ! कताबाट हो किन हो ?
त्यो साँडे अजङगकाे देउता बनेर आयो सरकारी ।
हिजो पाहुनाको भातको छेउमा सजीने
तरकारी , कताबाट हुनथाल्यो महान जयजयकार
अनि बन्यो साडे गोरूको सरकार ।
आजकल
बनारशी बाउको झडकेलो सन्तानको
नाऊँमा त्रीसुल डामेर छाडीएका साँडे बनेर
मुत पीउँदै, पीसाच जगाँउँदै ।
बस्तीभरी अलाउद्दीन लामा, पारूहाङ शेर्पा,
तीर श्रीजंङा कामी, आङकाजी धामीहरूलाई
छानी छानी गोली दागी रहेको छ ।
मान्छे बिरुद्ध सरकारी फ़तवा जारी गंरि रहेछ ।
तरकारी । सरकारी देवता भैसके पछि
तरकारी सरकारी सिंहदरबारमा बस्न थालेदेखी नै हो
म भित्रको म
मन भित्रको मुन्धुम/मुन्दुम माङेनाको सवाल मा
मौनधारणमा ब्यस्त छ ।
(हाल: अमेरिका)
No comments