किरात राई पत्रकार संघ मोरङको अध्यक्षमा विजय खम्बु


किरात राई पत्रकार संघ मोरङको अध्यक्षमा विजय खम्बु राई पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।

बिहिबार मोरङको पथरीशनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न संघको चौथो जिल्ला अधिवेशनले खम्बुलाई दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा नुतन किराती राई र संगिता चाम्लिङ राई, सचिवमा रिता राई तथा कोषाध्यक्षमा सुजता राई निर्वाचित भएका छन ।

यसैगरी सदस्यहरूमा प्रताप राई, शंकर राई, जीतकुमार राई, सन्तोष राई, तृष्णा राई र छेन्खाम्मा राई निर्वाचित भएका छन्। नयाँ कार्यसमिति ११ सदस्यीय रहेको छ ।

अधिवेशनमा किरात राई पत्रकार संघका वरिष्ठ उपाध्यक्ष रीता राराहाङ, किराया मोरङका कोषाध्यक्ष काशिहाङ राई, फोनिज प्रदेश उपाध्यक्ष अर्जुन कुलुङ राई, संघका पूर्व जिल्ला अध्यक्ष एवं नगर सूचना संयोजक सन्तोष राई, पथरी शनिश्चरे नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष बाबुराम राई, पञ्चायत मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर बहादुर राई लगायतको उपस्थिति रहेको थियो ।  

No comments

Powered by Blogger.