यतिबेला पथरी शनिश्चरे मोरङ्ग मुलघर भएकी २२ बर्सिय सज्जा चौलागाई निकै चर्चामा छिन । नेपालको पहिलो फ्रेन्चसाईज सो नेपाल आईडलको सिजन ३ मा सहभागी भए देखि उनको चर्चा चुलिएको हो ।
 |
Sajja with her Band - The Loading |
नेपाल आईडलको अडिसन देखि नै जर्जहरुको मन जितेकी सज्जाले एकपछी अर्को दमदार प्रस्तुती दिनुनै उनको यात्रा अघि बड्नुको मुख्य कारण बन्दै आएको छ । अहिले टप ४ मा छानिन सफल सज्जाले सानै देखि सङ्गितमा सङघर्स गरिरहेको बताए । नेपाल आईडलमा आउनु अघि उनी आफ्नो ब्याण्ड "द लोडिङ..." सङ्ग आबद्द भएर नेपालको विभिन्न शहरहरुमा आफ्नो जादुमय स्वार पस्किसकेकी छिन ।
 |
Sajja with Musician Basanta Sapkota |
काठमाडौमा बस्दै आएकि सज्जाले आफ्नो उच्च शिक्षा जोरपाटिमा रहेको इस्ट पोल हाईयर सेकेन्डरी स्कुलबाट लिएकी हुन । सङ्गितको सबै बिधामा अब्बल साबित गरिसकेकी सज्जाले बिशेसत पप रक बिधामा आफुलाई सहज महसुस गर्छिन ।
अहिले टप ४ मा सज्जा सङ्गै अन्य ३ प्रतिस्पर्धि छन । जसमा प्रबिन बेडवाल, नेशन पुन मगर र केभिन ग्लान तामाङ्ग रहेको छ । भने एक जना वाईल्ड कार्ड मार्फत आउने तयारिमा छ । तर कोभिड १९ का कारण अहिले कार्यक्रम स्थगित गरिएको छ । सज्जाले नेपाल आईडलको क्लोज क्याम्प भित्र रहदा रहदै नेपाली चलचित्र "ए मेरो हजुर ४" को लागि पार्श्व स्वार दिईसकेकी छिन ।

उनी यस सिजनको एकमात्र पहिलो गायिका हुन जस्ले पार्श्व गायनमा डेब्यु गरिसकेकी छिन । सङ्गितकार वसन्त सापकोटा अतिथी जज भएर आएको समयमा नै उनलाई स्थान दिने बाचा गरेका थिए । सज्जा चौलागाई नेपाल आईडल सिजन ३ को बिजेता बन्न सक्षम छिन त्यसैले धेरै भन्दा धेरै भोट गरेर सहयोग गर्नुहोला । सज्जालाई आगामी राउण्डमा अझै धेरै सफलता मिलोस शुभकामना ।
No comments