कोरोनाबाट कसरी बच्ने ?


विश्वभर एक घातक भाइरसको सन्त्रास फैलिएको छ। उक्त घातक भाइरसको नाम हो–कोरोना भाइरस। यो भाइरसको कारण मृत्यु हुने र संक्रमणको संख्या   दिनानु दिन बढ्दो छ ।   यो भाइरस चीनको वुहान सहरबाट फैलिएको हो।

गत डिसेम्बरमा अन्तिममा यो भाइरस पहिलोपटक देखिएको थियो। तर, अहिले यो भाइरस विश्वभर फैलिसकेको छ। त्यसैले यसको त्रास पनि विश्वभर फैलिएको हो। यो विषयलाई लिएर विश्वभर सतर्क रहन विज्ञहरुले पनि सुझाव दिइरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भाइरसको कारण विश्वभर सतर्कता अपनाउनुपर्ने बताइसकेको छ। 

यो भाइरस अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो। तर, यसले मानिसलाई निकै घातक अवस्थामा पुर्‍याउँछ र यसबाट मानिसको ज्यान पनि जानसक्छ। अहिलेसम्म यो भाइरसको उपचार पनि पत्ता लागेको छैन। यसले पनि यो भाइरसको आतंक अझै बढाएको हो। यो भाइरस चिसोको कारण लाग्छ। यसले मानिसको नाक र घाँटीमा आक्रमण गर्छ। तर, सबै कोरोना भाइरस खतरानक हुँदैनन्। सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो।

अहिले चीनमा पाइएको भाइरस नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो। यो भाइरस पनि खतरनाकमध्येकै हो। अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने यो भाइरस निरन्तर बढ्ने क्रममा छ। अहिलेसम्म यसको उपचार पनि पत्ता नलागेकाले यसबाट बच्न बेलैमा सतर्कता अपनाउनु आवश्यक छ। 

यो भाइरसकै कारण शुक्रवार चिनियाँ नयाँ वर्ष लुनारको अवसरमा कुनै पनि औपचारिक कार्यक्रम भएनन्। चिनियाँ स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रवार चीनको दोस्रो मुख्य सहर शाङ्हाईमा पनि सबै सिनेमाघर बन्द गरिएको थियो। यो भाइरस कहाँबाट आएको हो भन्ने खुलेको छैन। यसले मानिस र जनावर दुवैलाई आक्रमण गर्न सक्छ। 
अहिले चीनमा देखिएको यो भाइरस पनि जनावरबाट नै मानिसमा सरेको अनुमान गरिएको छ। एक अध्ययनले यो भाइरस सर्पबाट मानिसमा सरेको हुन सक्ने देखाएको छ।

भाइरसका लक्षणहरु–
यो भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन्। रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो। यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया देखिन्छ। निमोनियाकै कारण मानिसको मृत्यु हुन्छ। 

कसरी सर्छ ?
यो भाइरस पनि अन्य सामान्य रुघाखोकीजस्तै श्वासप्रश्वासको माध्यमबाट सर्छ। तर, यसको सर्ने तरिबारे यकिन पनि हुन भने सकेको छैन। अझै यो भाइरस कसरी सर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ। यसको पूर्ण विवरण आएपछि मात्र यो भाइरस कसरी सर्छ भन्ने थाहा पाउन सकिन्छ। यो भाइरस संक्रमितको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा यसको संक्रमण हुने अनुसन्धानले देखाइसकेको छ। अहिले भाइरसबाट ज्यान जानेहरुमा अधिकांश वयवृद्ध र पहिला नै कुनै स्वास्थ्य समस्या रहेका व्यक्तिहरु रहेको पनि बताइएको छ।
बच्न के गर्ने ?
अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन। यो भाइरसले आक्रमण हुनुभन्दा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने तरिका हो। तर, यो भाइरस अत्यधिक तीव्र गतिमा फैलिरहेकाले पनि चिन्ता बढ्दो छ। यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो। त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ।

यो भाइरस लागिहालेको खण्डमा सामान्य रुघाखोकीजस्तै पर्याप्त मात्रामा रसिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाह अनुसार यसलाई रोकथाम गर्ने औषधि खानुपर्छ।

साथै यो भाइरसबाट बच्न कुनै विशेष किसिमको मास्क नै आवश्यक नरहेको बताएको छ। सामान्य मास्कबाट नै यो भाइरसलाई रोक्न सकिन्छ। साथै, नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महशुस भए तत्काल चिकित्सककोमा जान सुझाव दिइएको छ। त्यसका साथै विना काम जनावर पालिएको स्थानमा जाने र उनीहरुलाई नचलाउन पनि सुझाव दिइएको छ।

corona virus
sours : nepali patro
pic : pexels

No comments

Powered by Blogger.