नेपाल आईडल सिजन ३ को विजेता प्रविण बेडवाल बन्ने सम्भावना

Judges : Kali Prasad BaskotaNhyoo Bajracharya and Indira Joshi.
         नेपाल आइडल नेपाली टेलिभिजन इतिहासको पहिलो ठुलो रियालिटी फ्रेन्चाइस कार्यक्रम हो । एपी वान टेलिभिजनबाट प्रसारण हुदै आएको आइडल सिरिजका संस्थापक सिमोन फुलर हुन । नेपालमा २०१७ देखि शुरु गरिएका उक्त कार्यक्रमको दुई सिजन सकिएको छ भने तेस्रो संस्करण कोभिड १९ का कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।  
Buddha Lama (Winner, Season 1)

          नेपाल आइडल खोज्ने जिम्मा सिजन १ देखि नै चर्चित संगीतकार न्हु बज्रचार्य, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी ले पाएका छन् । नेपाली गीतसंगीतमा धेरै कालजयी गीतहरु दिइसकेका बज्रचार्य आइडलको सबैभन्दा बढी प्रभावसाली जर्जको रुपमा हेरिन्छ । बज्रचार्यका केहि हिट गीतहरु : कोही पुर्व कोही पश्चिम घर, फुलको आखामा, लौजा चरी जस्ता आदि हुन । त्यस्तै कालीप्रसाद बास्कोटा पनि अहिले धेरै चर्चित गीतहरु पस्किसकेका गायक तथा संगीतकार हुन । उनलाई जर्ज प्यानलमा दोस्रो स्थानमा हेर्ने गरिन्छ । बास्कोटाका केही चर्चित गीतहरु : सुन साईली, पारी त्यो डाँडामा, इन्स्टाको फोटो आदि हुन । नेपाली गायन रियालीटी सो नेपाली ताराबाट गायन क्षेत्रमा आफ्नो उपस्थिती देखाउन सफल गायिका हुन इन्दिरा जोशी । उनी नेपाली तारा बन्न नसके पनि अहिले नेपाली तारा सिजन १ का फाइनलिस्ट मध्ये सबै भन्दा व्यस्त गायिका हुन । जोशीको अहिले सम्म धेरै गीतहरु चर्चित छन् । जस्तै उध्रेको चोली, बेहुली, टुटयो तारा आदि हुन । 
Ravi Oad (Winner, Season 2)

पहिलो सिजनमा कार्यक्रमको उदघोषकका रुपमा भिजे तथा मोडल शुशिल नेपाल र नेपाली अभिनेत्री, मोडल तथा भिजे रिमा विश्वकर्माले गरेका थिए । दोस्रो सिजनदेखि भने निर्देशक, निर्माता तथा गायक आसिफ शाह र रीमा बिश्वकर्माले उद्घोषण को जिम्मा लिएका थिए । तेस्रो सिजनमा भने रीमाको स्थानमा भिजे तथा मोडल माम्फी घोष उदघोषकका रुपमा प्रस्तुत छन् । शुशिल नेपाल द भ्वाईस र रिमा विश्वकर्मा कमेडी च्याम्पियनमा गए पछि नेपाल आइडलमा नयाँ उदघोषकहरुको एक पछि अर्को आगमन भएको थियो ।
   
पहिलो नेपाल आइडलको अडिशन नेपालका ७ ठुला शहरहरु नेपालगञ्ज, बुटवल, नारायणघाट, विरगञ्ज, विराटनगर र पोखरामा गरिका थिए । अडिशन २०७३ माघ १२ गते देखि २०७३ फाल्गुन ८ गते सम्म चलेको थियो । नेपाल आइडलमा सहभागी हुनका लागि उमेरको हकमा १६ देखि ३० वर्ष नकटेका हुनु पर्नेछ । पहिलो सिजनको विजेता पोखराका बुद्ध लामा भएका थिए । आयोजकका अनुसार उनले ९ करोड ३१ लाख भोट पाएर विजेता बनेका थिए । फस्ट रनरप निशान भट्टराई भएका थिए । 
नेपाल आईडलको अडिशन दिन आएका नयाँ प्रतिभाहरुको भिड ।

नेपाल आईडल दोस्रो सिजनको अडिशन २०७४ चैत्र ६ गते देखि २०७५ बैशाख १९ गते सम्म धरान, भौरवा, विरगञ्ज, धनगढी, हेटौडा, पोखरा र काठमाण्डौमा लिईएका थिए ।  दोस्रो सिजनमा धनगढीका रवि ओडले नेपाल आइडलका उपाधी जिते भने फस्ट रनरप विक्रम बराल भएका थिए । 

मिति २०७६ भाद्र ३१ गते देखि २०७६ कार्तिक ६ गते सम्म अडिशन लिईएको तेस्रो संस्करणमा अहिले प्रविण बेडवाल, सज्जा चौलागाई, केभिन ग्लान तामाङ, नेशन पुन मगर टप ४ मा पुगिसकेका छन । र वाइल्ड कार्डबाट १ जना आउनेवाला छ । वाइल्ड कार्डको लागि मेघा श्रेष्ठ, किरण कुमार भुजेल, रचना रिमाल, ममता गुरुङ, मिङमा लामा र कोमल सोबले प्रस्तुती दिईसकेका छन् ।  मुस्कान रानाभाटले भने वाईल्ड कार्डका लागि नजाने निर्णय लिए । अब वाईल्डकार्ड बाट १ जना आए पछि पुन टप ५ को प्रतिस्पर्धा हुनेछ । सिजन ३ को पुनः प्रसारण हुने अहिले सम्म कुनै सुचना आएको छैन । 
नेपाल भिडियो टिभिको अफिसियल युटयुव च्यानलमा ‘को बन्छ नेपाल आईडल सिजन ३ को बिजेता ?’ भनी सोधिएका प्रश्नमा जम्मा ५० जनाले भोट गरेका थिए । जसमा सर्वाधिक ७८ प्रतिशत भोट प्रविण बेडवाललाई गरेका छन । साथै जम्मा ८ जनाले गरेको कमेन्टमा पनि सबैले प्रविण बेडवाललाई नै विजेता मानेका छन् । यो हेर्दा लाग्छ अब बन्ने नेपाल आईडल प्रविण बेडवाल नै हुन । उनलाई धेरै नेपाली दर्शक श्रोताले स्वरसम्राट नाराय गोपाल सँग दाज्ने गर्दछ । धेरै युटयुव कमेन्टमा प्र्रविण दोस्रो नारायण गोपाल हो । भनेर गरेको देख्छौ । को बन्छा नेपाल आईडल सिजन ३ को विजेता त्यो भने आउने दिनले देखाउला । हामी सम्पुर्ण प्रतिस्पर्धीहरुलाई जितको लागि शुभकामना व्यक्त गर्दछौ ।  
नेपाल आईडल सिजन ३ का टप ५ प्रतिस्पर्धीहरु ।
नोट : मेघा श्रेष्ठ टप ५ देखि आउट भई पुन वाईल्ड कार्ड इन्ट्रीका लागि प्रस्तुती दिईसकेकि छिन । रिजल्ट आउन बाँकी रहेको छ ।

अघिल्लो २ सिजनमा को–को परे टप १० भित्र तल उल्लेख गरिएको छ । 


#Nepal idol
#Buddha Lama
#Ravi Oad
#Prabin Bedwal
#Nepal idol Details



No comments

Powered by Blogger.