बेलबारी घटनाको भिडियो सार्बजनिक गर्नेलाई कारबाही
बेलबारी । मोरङको बेलबारीमा बिहीबार भएको घटनाको वीभत्स भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने र शेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।
आमाको हत्यापछि छोराले धारिलो छुराको मद्दतले आफ्नै गला काट्दै गरेको भिडियो केही युटयुब र फेसबुकमा पोष्ट भएको बिषयमा प्रहरी प्रधान कार्यालय (नक्साल) ले चासो व्यक्त गर्दै ज जसले सो भिडियो पोष्ट गरेको छ, तिनिहरूलाई कारबाही गर्ने जनाएको छ । जसमा विभिन्न माध्यमबाट सो भिडियो पोष्ट गर्ने २३ जनाको नाम भेरिफाई गरिएको प्रहरीले बताएको छ ।
मोरङको बेलबारी ४ काकुम बुधबारेमा बिहीबार बिहान ३१ वर्षीय जीवन लिम्बुले आफनी आमा ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरेर आफुले पनि घाँटी रेटेर हत्या गरेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा हाल्नेहरुको प्रहरीले यतिबेला खोजी गरिरहेको छ ।
No comments