स्वर्गिय रत्नशमशेर थापाका ११ हाइकु
लेखक : स्व.रत्नशमशेर थापा
हाइकु
लखेटी मिली
मन दरो बनाइ
आशङ्कालाई ।
भूइँचालोले
मच्चायो हाहाकार
देशभरि नै ।
नदिउँ मौका
भित्रिन भयलाई
हृदयभित्र ।
मनमनमा
खोज्दैछ बस्न बास
कुरुपी त्रास ।
दुःखीजनको
दुःखमा साथ दिन
जुटौ एक भै ।
रोइरहेछ
आँसुका ढिका झारी
आकास पनि ।
नचुकौं गर्न
परोपकारी काम
ल्याउन धाम
रोइरहिछिन्
सन्तानको मृत्युमा
नेपाली आमा ।
संयमी बनौं
आपद्–विपद्मा
सारा नेपाली ।
निरीह भए
देवी देवताहरु
भूकम्पसामु ।
हर बखत
सहायताको लागि
तयार रहौं ।
No comments