रेडियो नेपालकी पहिलो गायिकाको निधन (भिडियो सहित)
रेडियो नेपालकी पहिलो महिला गायिका रानुदेवी अधिकरीको २०७७ बैशाख १८ गते बुधबारका दिन ८६ वर्षको उमेरमा काठमाण्डौं मेडिकल कलेजमा निधन भएको छ ।
सन १९३६ मा विरगञ्जमा जन्मिनु भएको रानुदेवी नेपाली कांग्रेसको एक कुशल नेतृ पनि हुनुहुन्थ्यो । विराटनगरको रघुपति जुटमिलबाट नेपाल प्रजातन्त्र रेडीयो प्रसारण भएको थियो उक्त रेडियोमा रानुदेवीले धेरै क्रान्तिकारी गीतहरुमा आवज दिनु भएकी थिईन ।
उनि विराटनगर अवस्थित बालिका माध्यमिक विद्यालयमा शिक्षिकाको रुपमा पनि केही कालखण्ड बिताएकी थिईन । रानदेवीले १६ वर्षको उमेरमा विराटनगर निवासी तीर्थ प्रसाद अधिकारी सँग वैवाहिक सम्बन्धमा बाधिकाएका थिईन । दुई छोरी अर्चना शर्मा, अल्पना रेग्मी र १ छोरा अबिन अधिकारी हुन । एक छोरी र छोराका परिवार अमेरिकामा बस्दै आएका छन् । भने उनी काठमाण्डौमा कान्छी छोरीको साथ बस्दै आएकी थिईन ।
मेरो मुटुको माझमा कस्को तस्बिर छल्कियो, चरी भुर्र उडी घरमा मेरो जा, तिमी दुर देशका परदेशी, उठे नेपाली जागे नेपाली जस्ता दर्जनौ गीतहरु उनको स्वरमा रेकर्डिङ भएका छन् ।
उनीले आफ्नो जीवनकालमा धेरै सम्मानहरु जस्तै : विराटनगर समाज काठमाण्डौले दिएका सम्मान, बलबहादुर राई स्मृति प्रतिष्ठानको सम्मान, तारणी रोसा स्मृती सम्मान, कान्तिपुर एमएमले लाईफ टाईम अचिभ्मेन्ट अवार्ड, म्युजिक खबरले दीर्घसाधना सम्मान आदि प्राप्त गरेका थिईन ।
नेपाली इतिहासको एक ऐतिहासिक व्यक्तित्व रानुदेवी अधिकारीलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
No comments