ऋषि कपुरले आफ्नो जीवनकालमा पाएका केही राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु


सत्तरी असी दशकका लभर ब्वाई ऋषि कपुर ६७ वर्षको उमेरमा २०२० अप्रिल ३० तारिख बिहिबारका दिन निधन भए । इरफान खान बितेको २४ घण्टा नबित्दै कपुरको निधनले बलिउडमा थप शोक छाएकोछ । २ वर्ष देखि रगतको क्यान्सरसँग जुधिरहेका ऋषिले करिब १ वर्ष न्यूयोर्कमा उपचार गराएर गत सेप्टेम्बरमा मुम्बई फर्किएका थिए । केहि दिन अघि सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

ऋषिको जन्म १९५२ सेप्टेम्बर ४ मा भएको थियो । उनी राज कपुर र कृष्णा कपुरका पाँचौ सन्तानमध्ये तेस्रो हुन । उनको पारिवारीक इतिहास नै बलिउडसँग आबद्ध थिए । उनले बुबा राज कपुरको फिल्म मेरा नाम जोकरमा बाल कलाकारको रुपमा बलिउडमा अभिनय यात्रा शुरु गरेका थिए । उनले अभिनय यात्राको शुरुवातमा नै वेस्ट चाइल्ड आर्टिसको रुपमा नेशनल फिल्म अवार्ड हात पारेका थिए । साथै उनले सन १९७३ मा चलचिलत्र बोबी मुख्य भुमिकामा देखा परे र उक्त फिल्मबाट पनि बेस्ट एक्टरको रुपमा फिल्मफेयर अवार्ड जितेका थिए । उनले धेरै चर्चित फिल्महरु कभीकभी, कर्ज, चाँदनी, अग्नीपद, कपुर सन आदि जस्ता धेरै फिल्महरुमा आफ्नो उपस्थिती देखाईसकेका थिए । 

उन आफ्नो जीवन कालमा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु जित्न सफल भएका थिए । उनले पाएका केही अवार्डको बारेमा तपाईहरुलाई यहाँ जानकारी दिदैछौं ।
1970  Bengal Film Journalists' Association Awards: Special Award, and National Film Award for                  Mera Naam Joker

1974  Filmfare Award for Best Actor for Bobby

2008  Filmfare Lifetime Achievement Award

2009  Honoured by Russian Government for contribution to cinema

2010  Apsara Film & Television Producers Guild Awards: Best Actor in a Supporting Role for Love             Aaj Kal

2011  Zee Cine Awards: Best Lifetime Jodi along with Neetu Singh

2011  Filmfare Critics Award for  Best Actor for Do Dooni Chaar

2013  The Times of India Film Awards (TOIFA), Best Actor in a Negative Role for Agneepath

2017  Filmfare Award for Best Supporting Actor for Kapoor & Sons

2017  Zee Cine Award for Best Actor in a Supporting Role – Male for Kapoor & Sons

2017  Zee Cine Award for Best Actor in a Comic Role for Kapoor & Sons


No comments

Powered by Blogger.