डेस्टिनेशन फर गेटटुगेदर



चाड पर्व को सिजन छ यदि तपाई यस अवसरमा आफ्ना हितौसी मित्र, परिवार वा कसैसँग ‘गेटटुगेदर’ गर्न चाहानु हुन्छ। तर कहाँ बसेर गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने तपाईहरुका लागि ‘डेस्टिनेशन’ बन्न सक्छ तल उल्लेखित केही होटल, रिर्सोट एण्ड रेष्टुराहरु ।

अन्तै (पथरी बाहिर) गएर गेटटुगेदर गर्नेहरु पनि आजभोली पथरी आसपासमै भेटिन थालेका छन् । यो हामी पथरीवासीको लागि सुखद पक्ष हो । यो सब हुनुमा हालसालै आएर केही राम्रा र सुविधा सम्पन्न पार्टीप्यालेस, होटलहरु सुचारु हुनुको उपज हो । जसले गर्दा हामी पथरीवासीलाई ‘अपसन’ मिलेको छ । हामी आफ्नो ‘च्वाईस’मा ‘गेटटुगेदर’ स्थान निर्धारण गर्न सक्छौं । 

गेटटुगेदरका लागि केही स्थानहरु :

मनोहर होटल एण्ड पार्क रिर्सोट :
पथरीमा एक मात्र पार्क रिर्सोटसँग होटल हो मनोहर । यहाँ विभिन्न प्रकारका कलात्मक सजिसाजाउका साथै खुल्ला अनि स्वच्छ वातावरणको आभाष समेत हामी पाउन सक्छौ ।
यदि तपाई खुल्ला वातावारणमा ‘गेटटुगेदर’ गर्न रुचाउनुहुन्छ भने यो एक मात्र ‘डेस्टिनेशन’ बन्न सक्छ । प्रयाप्त गार्डेन अनि सेपरेट क्याबिन यहाँ थप विशेषता हो । विभिन्न प्रकारका सेमिनार, गोष्ठी अनि पार्टीहरु पनि यहाँ आयोजना गर्न सकिन्छ ।
मनोहरमा मात्र उपलब्ध ‘साफेला’ले अझै मनोहरको आर्कषण बढाईदिएको छ । ‘साफेला’ भनेको तामाङ भाषाबाट मासुको रोटी भन्ने हुन्छ । सञ्चालक टिकाराम राईले बताए तिहारको अवसरमा ‘अनप्लग सो’ को पनि ‘कन्सेप्ट डेभलोप’ गर्दैछु हेरौं के हुन्छ। 

होटल हलिउड :
‘हलिउड सेट’ अनि आर्कषक फर्निचरका कारण धेरैको रोजाईमा पर्ने होटल हलिउड तपाईको लागि अर्को ‘डेस्टिनेशन’ बन्न सक्छ । 
यस होटलमा मिनी पार्टीहरुको पनि सञ्चालन गर्न सकिन्ने गरी पार्टेशन गरिएको छ । पार्किङको पनि राम्रै सुविधा भएको यस होटल हलिउडमा ‘टेबल टक’ गर्दै तपाईहरु गेटटुगेदर गर्न सक्नु हुन्छ । ५÷६ जना सम्मको सेपरेट क्याविन हुनाले तपाई कुनै पनि छलफलहरु गर्दै होटल हलिउडको मज्जा लिन सक्नु हुन्छ ।

पब्लीक खाजा घरः 
मःमको लागि निकै लोकप्रिय मानिन्छ पब्लीक खाजा घर । पथरी–१, बुद्ध चौकमा अवस्थित यस खाजा घरमा पनि गेटटुगेदर गर्नलाई उचित व्यवस्था गरिएको छ । 
हसिलो अनुहार लिएर ‘के ल्याउ?’ भन्दै प्रस्तुत हुने शुक्रराज राई को त्यो सदभावपूर्ण व्यवाहारले जो कोहीलाई पुनः जानलाई निमन्त्रणाको आभाष गराउदछन् । उनिनै हुन पब्लीक खाजा घरका सञ्चालक, कुक अनि वेटर । युवाहरु विदेशी रहेको अवस्थामा शुक्रराज एउटा गतिलै उदाहरण समेत बनेका छन् । 
‘सर्भिस’ एक दम राम्रो अनि छिटो भएको जो कोही यस खाजा घरमा पुग्नेले महशुस गर्न सक्छ । यदि तपाई छिटो सर्मिस चाहनु हुन्छ भने तपाईको लागि ‘अप्सन’ बन्न सक्छ पब्लीक खाजा घर ।

भेटघाट खाजा घर : 
पथरी–२, बुद्धचौकमा रहेको भेटघाट खाजा घर नाम जस्तै भेटघाट हुनलाई उपउक्त स्थान बनेकोछ ।
विभिन्न स्वादिष्ट परिकारहरु का साथै पेय पर्दाथहरुको पनि व्यवस्था पाउन सक्छौ भेटघाट खाजा घरमा । अलि–अलि अध्यारो अनि सीएफएल चिमले त्यो अध्यारोपनलाई घटाएको स्थानमा बसेर तपाई गेटटुगेदर गर्नलाई भेटघाट ‘गेटटुगेदर’ गर्न उपयुक्त ‘डेस्टिनेशन’ बन्न सक्छ ।

यहाँ उल्लेख गरिएका मध्ये पनि तपाईको ‘च्वाईस’मा नपर्न सक्छ । तर पथरीमा ‘गेटटुगेदर’ गर्नका लागि यति मात्रै स्थान भने होइन अरु थप स्थानहरु पनि छन। जस्तैः बीबीक्यू, सेवारो, प्रिन्स, एन्जल आदि। जे होस कुनै पनि प्रकृतीको ‘गेटटुगेदर’ यदि गर्ने मुडमा हुनुहुन्छ भने यहाँ उल्लेख गरिएका स्थानहरु तपाईको ‘डेस्टिनेशन’ बन्न सक्छ ।
नोट : यो धेरै पुरानो लेख हो । तसर्थ माथि उल्लेखित धेरै होटलहरु बन्द अवस्थामा छ । 

No comments

Powered by Blogger.