राजेशको उमेर छिप्पिँदै गएको संकेत
उमेरले आधा शताब्दी नाघिसक्दा पनि नायक राजेश हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’

उनी अहिले थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रोमान्टिक डान्स गरेको भिडियो पनि बाहिर ल्याएका छन् । यस्तै, बिहिबार उनले एउटा रमाइलो भिडियो पोष्ट गरे । जहाँ उनी भागेर कफी सपमा जाने बताउँछन् । उनी आफ्नै घर भित्रको बगैचामा रहेको कफी स्टेशनमा पुग्छन् र कफी पिउँछन् । उक्त भिडियोमा राजेश हमालको फुलेको दाह्री देखिन्छ । तर पनि राजेश आफूलाई जवान भन्न छोड्दैनन् । उनले भन्ने गर्छन्, ‘दाह्री भनेको पाक्ने हो, फुल्ने कुरा त अरु नै छन् ।’
-onlinekhabar
No comments