कविताको शिर्षक : सुन्यता र म
![]() |
लेखक : शम्भु राई |
आदिम
क्यानभासलाई
म जिबनको केन्द्रबिन्दु बनाएर
आधा आकाश आधा धरती
मेरै हो भनीरहेछु।
अनि
आफैलाइ महसुस गर्छु
मुटुको धड्कन अनबरत प्रेममा बहकिन्छ
या त
उच्चतम सम्बेगहरु सङ्ग
कुन सन्सार घुमिरहेको छ मेरो मस्तिष्क,
उत्तेजित अगाडीको निधार र पैतालाले
यो झुन्डिएको ब्रह्माण्ड अनेकौं पटक नाघेको छ
म हुनलाइ ।
तेहि थियो
वङ्हो नदिको किनार वा सिन्धु घाटीबाट
ती छरपस्ट सेता-काला, उचो-निचो
मानव कहानीको परिच्छेदहरु- पल्टिन्छन
र मेरो जिबनको मन्चन सुरु भो;
अफ़्रिकि जङ्गलहरुबाट।
कहा छोउ ?
किङ्ग सार्गोन ..!
मेसोपोटामिय छेउ भएर
ताइग्रस बगिरहेको छ अझै पनि
गृस र रोमको ईतिहासमा
धेरै पल हराइसके म,
नेपोलियन र सिकन्दरको
खाली हत्केला भित्रको शुन्यमा,
माओको म भित्र
म हुदिन,
हिटलरको चिहान भित्र पनि
म गाडीन सकिन ।
यो मनस्पतल
कैयौ चोटी निर्माण र ध्वस्त हुदा
म झुक्किएर
धान बारिको बुख्याचा भएर बसेको हु।
मन्डेला, गान्धी र माक्सहरु
पनि मानव बस्तिको पहरेदार गर्छन
म हराए सरि।
निस्चिन्त छु
म कुनै मेन्टल डिसर्डर हुँदै होइन
कट्टर अल्लहलाई सोध
सदाबहार लभर शिव..! नसम्झाउ मलाइ,
र मलाइ कुनै पस्चाताप छैन क्राइस्त;
"म सुतिरहेको बुद्ध हु";
म निन्द्रामा लिन छु ।
कहाँबाट आएको हु-
र म अहिले कहाँ छु ?
अनि
यी अबस्था बालक, बयस्क र बृद्ध....
अनि शून्यबाट शुन्यता आउँछ,
खै कहाँ जानू ...!
No comments