गायक नन्दु गुरुङको नयाँ गीत सार्बजनिक
नन्दु गुरूङकाे 'शुभकामना ल्हाेसारकाे' सार्वजनिक
माेरङ। आउँदै गरेको तमु ल्होसार पर्वको अवसरमा गायक तथा संगितकार नन्दु गुरुङको ‘शुभकामना ल्होसारको’ बोलको गित सार्वजनिक भएको छ । मङ्गलबार उर्लाबारीको प्रार्थना रिसोर्टमा एक कार्यक्रमको आयोजना गरेर उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राम प्रसाद गुरुङले शब्द रचना गर्नुभएको सो गितमा संगित तथा स्वर नन्दु गुरुङले भर्नुभएको छ । यस गितको भिडियो भारतको सिक्किममा छायांकन गरिएको छ भने यसलाई निर्देशन सोम मग्रातीले गर्नुभएको छ । पहिलो पटक म्युजिक भिडियो निर्देशन गर्नुभएका निर्देशक मग्राती भिडियो बारे आफ्ना अनुभव कार्यक्रममार्फत साट्नु भयो ।
गुरुङ जातिले प्रत्येक वर्षको पुस १५ गतेलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन । ‘तमु’ को अर्थ गुरुङ जाति र ‘ल्होसार’ को अर्थ नयाँ वर्ष हुन्छ । यसै नयाँ वर्षको उपलक्षमा शुभकामना दिँदै यो गित रचना गरिएको हो । यसै गित मार्फत सम्पुर्ण टिमले शुभकामना समेत दिएको छ ।
यसै कार्यक्रममा विशेष अतिथिको रुपमा पाल्नुभएका पथरीशनिस्चरे नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिजय लिम्बुले भिडियो हेरेर सफलताको शुभकामना दिनुभएको छ ।
यति मिठो शुभकामना गितको म्युजिक भिडियोको निर्माता द्वोय भारत सिक्किमका पवन गुरुङ र भुपाल गुरुङ हुनुहुन्छ । भिडियोको मूख्य भुमिकामा साङ्गे छो गुरुङ, लुजा गुरुङ र कुसुम गुरुङ हुनुहुन्छ । ५ मिनेट २६ सेकेण्डको यो भिडियो जमर्को फिल्म ‘Jamarko Film’ युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो हेरिसकेर निकै उत्साहित मुद्रामा देखिनुभएका निर्माता पवन गुरुङ नेपाली टिम संग जोडिएर काम गर्न पाउँदाको अनुभव र खुशी साट्नुभयो ।
भिडियोमा एउटा लाहुरे लाहुरबाट वर्षौँ पछि फर्किएर आफ्नै गाउँठाउँमा लागेको ल्होसार मेलामा रमाउँदै गरेको र रोधीमा नाचगान गर्दैगर्दा एउटि युवतीको प्रेममा परेको कथावस्तु समेटिएको छ । त्यस्तै तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन नेपालको एउटा ठूलो सम्पत्ति पनि हो ।
गुरुङ जातिको चाड सम्बन्धि रहेको शुभकामना गित भएतापनि यो गित सबै नेपालीले बुझ्ने गरि नेपाली भाषामा बनाइएको छ । त्यस्तै मुहा क्रिएटिभ स्टुडियोको प्रस्तुतीमा बनेको यो भिडियो हेरेर कार्यक्रमको प्रमूख अतिथीको रुपमा पाल्नुभएको पथरीका रङगकर्मी जिवन बरालले समेत शुभकामना दिनुभएको छ ।
अफिसियल भिडियो :
No comments