नेपालिले भुलेका किर्तिनिधी बिस्ट

२०३० साल असार २५ गते राती दश बजेतिर प्रधानमन्त्री किर्तिनिधी विष्टले विद्युत सर्ट भएको कारण सिंहदरबारमा भीषण आ’गलागी भएको सुचना पाए।उनी तत्कालै गाडी चढेर राष्ट्रिय पञ्चायत भवन छेउ पुगे।देशकै सबैभन्दा ठूलो प्रशासनिक भवन ह्वारह्वारी जल्दै गरेको देखेर त्यहि बसेर बलिन्द्र धारा आँशु खसालेर रोए।

तत्कालीन शाही नेपाली सेना (हाल नेपाली सेना) का जवानहरूले रातभरी आगो निभाउने अथक प्रयास गरेका त गरेका थिए।तर,उनीहरुको प्रयासले सिंहदरबारको अग्रभाग मात्र जोगिन सक्यो।

सिंहदरबार ह्वारह्वारी जलिरह्यो।रातभरी प्रधानमन्त्री विष्ट त्यहि बसे।बिहान उज्यालो भएपछि चिन्तित हुदै मैदानमा युद्ध हारेको सिपाही झैं भएर फर्किए।तत्कालै राजीनामा लेखेर दरबारमा गएर राजा वीरेन्द्रलाई राजीनामा बुझाए।

तपाईंले सिंहदरबार जलाएको होइन।किन दिनु राजीनामा दिन पर्र्यो भन्दै राजा वीरेन्द्रले राजीनामा फिर्ता लिएर आफूलाई सघाउॅंन गरेको अनुरोध विष्टले अस्वीकार गर्दै भने -‘म प्रधानमन्त्री भएको बेला सिंहदरबार जल्यो।नैतिकताको आधारमा म पदमा बस्न सक्दिनॅं सरकार।’

विष्टले २०३६ सालमा भएको विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीको जिम्मेवारीबाट पनि राजीनामा दिएका थिए।त्यसबेला पनि उनले नैतिकताका आधारमा शिक्षामन्त्रीको पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिएका थिए।

विष्टको जन्म वि. सं १९८३ माघ २ गते शनिवार भएको हो।उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए।उनको जन्म काठमाडौंको ठमेल नजिकै वटू टोलमा भएको थियो ।विद्यालयहरु नखुलेको तत्कालीन समयमा  विष्टले मामाघरमा अक्षरहरू लेखपढ गर्न सिकेका थिए।

चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेक पोष्टहरु विष्टकै पालामा हटेका हुन्।यही कारणले उनलाई राष्ट्रवादी नेताका रूपमा हेर्ने गरिएको छ।

विष्टको निधन भएको आज आठ बर्ष पुगिसकेको छ।नेपाली राजनितीमा इमान र नैतिकताको प्रतिमूर्ति थिए।उनी जत्तिको इमान र नैतिकवान राजनितीज्ञ सायदै अब नेपाली राजनितीमा जन्मिएलान्।विष्टको लागी नैतिकता र ईमानको अगाडी पद सधैं गौण रह्यो।

उनी भ्रष्टचारमा मुछिएनन्।सधैं देश र जनतालाई केन्द्रमा राखेर काम गरे।विदेशी शक्तिको सामु झुकेनन्।सरल जीवनशैली थियो।

No comments

Powered by Blogger.